नियम १४
निरीक्षण गर्न सक्ने

(१) लाइसेन्स दिने अधिकारीले तोकेको अधिकारीले दरखास्तको विवरण वा लाइसेन्सवालाले पालना गर्नु पर्ने शर्तहरू पालना गरे नगरेको सम्बन्धमा निरीक्षण तथा छानबिन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण गर्दा कुनै कैफियत देखिएमा त्यस्तो कैफियत सुधार गर्न एक पटक मनासिब माफिकको मौका दिइनेछ ।
(३) उपनियम (२) बमोजिमको मौका दिंदा पनि त्यस्तो कैफियत सुधार गरेको नदेखिएमा निरीक्षण गर्ने अधिकारीको सिफारिशमा लाइसेन्स दिने अधिकारीले त्यस्तो लाइसेन्स रद्द गर्न सक्नेछ ।